बैंकका ग्राहकहरुले यस प्रणालीको डब्लु डब्लु डट कनेक्ट आईपिएस डट कम अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।
हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।
उक्त प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर (गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । अनलाईन कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।
कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हालसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ४० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।