सनराइज बैंक सहित तीन बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Dec 26, 2018 Merolagani

सनराइज बैंक सहित कञ्चन र मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते बुधबार) अन्तिम दिन रहेको छ ।पुस १२ गते बिहीबार लाभांश वितरणका लागि तीनवटै बैंकले बुकक्लोज गर्ने भएकाले उक्त बैंकहरुको आजसम्म कायम शेयरधनीले मात्र लाभाशं पाउनेछन् ।

पुस ११ गते मंगलबार सनराइज बैंकको प्रतिकित्ता २२८ रुपैयाँ, र कञ्चनको १७५ रुपैयाँ र मिसन डेभलपमेन्ट बैंकको प्रतिकित्ता १७३ रुपैयाँ हाराहारीमा दोस्रो बजारमा कारोबार भैरहेको छ । 

सनराइज बैंकले बैंक(SRBL) ले  पुस २९ गते आइतबार अमृतभोग क्याटरर्स कातिकास्थान काठमाडौमा बिहानको ११ बजे साधारण सभा आह्वान गरेको छ ।

पुस २९ गते हुने साधारण सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११.५० प्रतिशत अर्थात ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

बैंकको साधारण सभाले सहायक कम्पनी खोलेर शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १६ रुपैयाँ २६ पैसा कायम गरेको छ ।

त्यसैगरि कञ्चन डेभलपेन्ट (KADBL) ले पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा नवौँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ६.२९ का दरले हुने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश गरी कूल ११.२९ प्रतिशत लाभांश वितरण गर्न गर्ने भएको हो ।

बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनश शेयर पश्चात बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले एक करोड १९ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

उता मिसन डेभलपेन्ट बैंक (MIDBL) ले पुस २६ गते बिहीबार द दरबार लन प्रा.लिको सभाहल, तिलोत्तमा रुपन्देहीमा बिहान ११ बजे नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११ प्रतिशत अर्थात ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सभाले मर्जर तथा प्राप्तीका लागि अन्य उपयुक्त संस्थाको खोजी गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन तथा मूल्याङ्ककन कर्ता नियुक्ति, एमओयुमा हस्ताक्षर लगायतका अन्य आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख ८० हजार २०० रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५७ करोड ६४ लाख नाघ्नेछ । चालू आवको प्रथम त्रैमासमा बैंकले एक करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।