दुई वाणिज्य बैंक सहित ९ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Dec 27, 2018 Merolagani

पुस १२ गते बिहीबार दुई वाणिज्य बैंक सहित ९ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। ती कम्पनीहरुले शुक्रबार र आइतबार लाभांश वितरण र लाभांश वितरण गर्ने प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने हुनाले ती कम्पनीको लाभांश पाउन पुस १२ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने हुन्छ । 

बिहीबारसम्म कायम रहने शेयरधनीहरुले मात्र सम्बन्धित कम्पनीको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

बिहीबार लाभांश सुरक्षित गर्ने ९ कम्पनीकाे लाभांश र मुख्य एजेण्डा निम्नअनुसार रहेका छन् :-

१. ग्लोबल आइएमई बैंक (GBIME

  • पुस २७ गते १२ औं वार्षिक साधारण सभा (नक्साल व्याङक्वेट, १० बजे)
  • चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर
  • बैंकको अधिकृत पूँजी १६ अर्ब रुपैयाँ कायम गर्ने
  • उपयुक्त संस्थासँग मर्जर/प्राप्तीमा गर्न सञ्चालक समितिलाई अख्तियारी
  • सञ्चालकहरुको नियुक्ती लगायतका रहेका छन्।

२. नेपाल बंगलादेश बैंक (NBB)

  • पुस २६ गते १२ औं वार्षिक साधारण सभा (राष्ट्रिय सभा गृह, १० बजे)
  • चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश
  • बैंकको सहायक कम्पनी स्थापना गरि स्टक ब्रोकर कार्य गर्ने व्यवस्था थप गर्ने  लगायतका रहेका छन्।

३. नेपाल दुरसञ्चार कम्पनी  (NTC

  • पुस ३० गते एघारौं वार्षिक साधारण सभा (त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली ३ बजे)
  • चुक्ता पूँजीको ५५ प्रतिशत नगद लाभांश  लगायतका रहेका छन्।

४. फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स  (FOWAD

  • पुस २९ गते छैटौं वार्षिक साधारण सभा (केन्द्रीय कार्यालय दुहवी, सुनसरी ११ बजे)
  • चुक्ता पूँजीको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश
  • जारी र चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधन  लगायतका रहेका छन्।

५. काबेली विकास बैंक (KEBL)

  • पुस २८ गते एघारौँ वार्षिक साधारण सभा ( होटल चिप एण्ड बेष्ट, धनकुटा १२ः३० बजे )
  • चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर
  • मर्जर/प्राप्तीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी
  • जारी र चुक्ता पूँजी वृद्धि गर्ने  लगायतका रहेका छन्।

६. एनएमबि माइक्रोफाइनान्स (NMBMF

  • पुस २९ गते छैटौं वार्षिक साधारण सभा ( ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरा ११ बजे)
  • चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर
  • बोनसपछि कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने
  • लघुवित्तको नाम परिवर्तन
  • जारी र चुक्ता पूँजी वृद्धि गर्ने  लगायतका रहेका छन्।

७. आरएसडिसी लघुवित्त (RSDC

  • पुस २९ पाँचौ वार्षिक साधारण ( बुटवलमा
  • चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश
  • संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने ४ र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन
  • जारी र चुक्ता पूँजी वृद्धि गर्ने  लगायतका रहेका छन्।

८. सिर्जना फाइनान्स (SFFIL

  • पुस २८ गते अठारौं वार्षिक साधारण सभा (मोरङ्ग व्यापार संघको सभाकक्ष विराटनगर ११ बजे)
  • चुक्ता पूँजीको १५ प्रतिशत बोनस ९.५० प्रतिशत नगद लाभांश
  • बोनस पश्चात कायम पूँजीको ६० प्रतिशत हकप्रद
  • संस्थापक २ र सर्वसाधारण २ गरि चार जना सञ्चालकहरुको निर्वाचन
  • जारी र चुक्ता पूँजी वृद्धि गर्ने  लगायतका रहेका छन्।

९. अपि पावर कम्पनी (API

  • पुस २४ गते पन्ध्रौं वार्षिक साधारण सभा (कार्की ब्याक्वेट बबरमहल १० बजे)
  • चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर
  • सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन लगायतका रहेका छन्।
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।