फाइनान्सको सञ्चालक समितिको पुस ११ गते बसेको ३२४ औं बैठकले चुक्ता पूँजीको ५.२६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र फाइनान्सकाे आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
गत वर्ष फाइनान्सले ६ करोड ५४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गुडविल फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई १०.१९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा कायम गरेको छ ।