सेञ्चुरी बैंक र नयाँ नेपाल लघुवित्तको १९ लाख कित्ता शेयर लिलामीमा आउँदै,कति छ बजारमूल्य ?

Dec 27, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक र नयाँ नेपाल लघुवित्तकाे यसअघि जारी गरेका हकप्रदमा अवितरित १९ लाख १८ हजार ३७ कित्ता शेयर पुस १८ गते देखि लिलामीमा आउने भएको छ ।

सेञ्चुरीले १८ लाख ७० हजार २७४ कित्ता र नयाँ नेपाल लघुवित्तले ४७ हजार ७६३ कित्ता शेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेका छन् ।

दुबै कम्पनीको लिलामी शेयरमा पुस २५ गते सम्ममा बोककलोल गर्न सकिने जनाइएको छ । दुबै कम्पनीको लिलामी शेयर एक जनाले दुईवटा आवेदन गर्न पाउनेछैनन् । 

सेञ्चुरीको संस्थापक नै साढे १४ लाख कित्ता बढी

सेञ्चुरी बैंक (CCBL) ले पुस १८ गतेदेखि नै १८ लाख ७० हजार २७४ कित्ता शेयर लिलामी ल्याउने भएको छ । बैंकले लिलामी खुला गरेको लिलामी शेयर अधिक मात्रामा संस्थापक शेयर रहेको छ ।

लिलामीको शेयरमा संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता रहेको छ भने सर्वसाधारण समूह तर्फको ४ लाख ९ हजार १७५ कित्ता मात्र रहेको छ । बैंकको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा पुस १२ गते बिहीबार प्रतिकित्ता १७८ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

इच्छुक बोलकबोल दाताले बैंकको लिलामी शेयरमा (संस्थापक र साधारण) न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवश्यक प्रकृया पूरा गरि बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी शेयरमा आवेदन दिने मिति पुस २५ गतेसम्म तोकिएको छ ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिनेछ ।

चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

नयाँ नेपाल लघुवित्तको सबै संस्थापक शेयर

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB)ले पुस १८ गतेदेखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ ।

लघुवित्तले विद्यमान संस्थापकहरुले आवेदन गर्न पाउने गरि यसअघि नै लिलामी ल्याएपनि बिक्री नभएपछि सर्वसाधारणले समेत किन्न पाउने गरी फेरि लिलामी खुला गरेको हो ।

यसअघि कम्पनीले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यति समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि हाल सर्वसाधारणले समेत पाउने गरी लिलामीमा ल्याएको हो ।

लघुवित्तको लिलामी शेयरमा बिक्री पबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

इच्छुक लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा ताेकिएका प्रकृयाहरु पूरा गरि न्यूनतम एक हजार कित्तादेखि सबै कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा पुस १२ गते बिहीबार प्रतिकित्ता ६६० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।