नेप्सेले शुक्रबार दुई कम्पनीको कारोबार रोक्दै सोध्यो २४ घण्टे स्पष्टिकरण

Dec 28, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र नेपाल कम्युनिटी लघुवित्तको शेयर कारोबार रोक्का गर्दै दुबै कम्पनीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ । 

नेप्सेले  ति कम्पनीहरूले धिताेपत्रकाे बजारमूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा नेप्से र सम्बन्धित कम्पनीबीच भएकाे सूचीकरण सम्झौता अनुसार नचलेर नियम विपरितकाे कार्य गरेकाे देखिएकाे भन्दै २४ घण्टा भित्र जवाफ पठाउन पत्राचार गरेकाे हाे ।

सूचीकृत कम्पनीहरूले धिताेपत्रकाे बजारमूल्यमा प्रभाव पार्ने सूचना समयमै नबुझाएको, कार्यतालिका अनुसार संस्था नचलेको भन्दै शेयर कारोबारमा रोक लगाइएको हो ।

नेप्सेले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीलाई सूचीकरण सम्झौताको बुँदा नम्बर ५ र १६ बमोजिम काम नगरेको भन्दै कारोबार रोक्का गर्ने निर्णय गरेको जनाएकाे छ । 

सूचीकरण सम्झौताको बुँदा नम्बर ५ मा संगठित संस्थाले लाभांश, बोनस वा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम रहने शेयरधनीले त्यस्तो लाभांश, बोनस वा हकप्रद पाउने हो सो सम्बन्धि जानकारी त्यस्तो निर्याय हुने वितिकै वा त्यसको भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेलाई दिनुपर्ने व्यवस्था छ ।

सम्झाैताकाे बुँदा नम्बर १६ मा संगठित संस्थाले वार्षिक साधारण सभा वा विषेश साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन, वसलात नाफा नोक्सान हिसाव तथा अन्य जानकारी विवरण र छलफलका विषय शेयरधनी र नेप्सेलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकाे छ । 

यस्तै नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकले सूचीकरण सम्झौताको बुँदा नम्बर १६ बमोजिम संगठित संस्थाले साधारणा सभाकाे जानकारीका साथ संलग्न गर्नुपर्ने वार्षिक साधारण सभा वा विषेश साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन, वसलात नाफा नोक्सान हिसाब तथा अन्य जानकारी विवरण र छलफलका विषय शेयरधनी र नेप्सेलााई उपलब्ध नगरएको भन्दै कारोबार रोक्का गरेको हो ।

यस्ताे छ नेप्सेकाे स्पष्टिकरण पत्र:-

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।