शेयर बजारमा उत्साह, ४९ अंकले नेप्से बढ्दा कारोबार चार अर्ब नजिक

Dec 29, 2018 Merolagani

- तीर्थराज पौड्याल।
नेपाल राष्ट्र बैंकले मुद्रा र पूँजी बजार सुधार र विस्तारका अध्ययन गर्न गठित कार्यदलको सुझाबको आधारमा पूँजी बजार सुधार र विस्तारका लागि नीतिगत व्यवस्था गरेपछि यस साता शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । लगानीकर्ताको माग सम्बोधन भएपछि काराेबार रकम र सूचक दुबै उल्लेख्य बढेकाे छ ।

पूँजी बजार विकास र विस्तारका लागि नीतिगत व्यवस्था कार्यान्वयनमा लैजाँदा लगानीकर्ताको खस्किएको मनोबल बढ्दा सातामै दुई दिन ३० अंक बढीले नेप्से बढ्यो भने बिहीबार एकैदिन एक अर्ब बढीको शेयर खरिद बिक्री हुँदा सातामा करिब चार अर्बको कारोबार भएको छ । धितोपत्र बजारमा असोज ९ गतेपछि एक अर्ब बढीको कारोबार भएको हो । 

पछिल्ला दिनमा कारोबार रकम अर्ब माथि पुग्न नसकेको कारोबार रकम यस साता तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता पाँच दिन बजार खुलेको छ । साताभर बजार भने उतार चढावपूर्ण रहेको बजारमा आइतबार कारोबार मापक नेप्से परिसूचक ११६५ दशमलव ९७ अंकमा खुलेकोमा साताको अन्तिम दिन बिहीबार १२१५ दशमलव १६ बिन्दुमा बन्द भएको छ ।

समीक्षा अवधिमा नेप्से ६२.५० अंकले बढ्दा १३.२२ अंकले घटेर समग्रमा ४९ दशमलव २८ अंकले उकालो लागेको छ ।

कारोबार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोबार रकम समेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो । उक्त दिन ८८ करोड २१ लाख बराबरको कारोबार भएको थियो ।

आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने ६.४४ अङ्कले घट्यो । सो दिन कारोबार मापक नेप्से परिसूचक ०.५४ प्रतिशतले घटेर ११९१.७४ बिन्दुमा झ¥यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लाग्यो । कारोबार मापक नेप्से परिसूचक ५.७० बिन्दुले घटेर ११८६.०३ बिन्दुमा झ¥यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोबार मापक नेप्से परिसूचक ३०.२६ बिन्दुले बढेर १२१६ दशमलव २७ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.४१ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुग्यो । बुधबार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने तीन महिनापछि एक नाघ्यो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भए ।

यस साता केन्द्रीय बैंकले नीतिगत परिमार्जन गर्दै वाणिज्य बैंकहरुको स्प्रेड दर घटाएको छ । संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० प्रतिशत पुर्याएको छ भने आधार दर गणना विधि पनि परिमार्जन गरेको छ ।

यसैगरी शेयर धितो कर्जा दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत गरेको छ । रिक्स वेटेजलाई १५० बाट १०० प्रतिशतमा झारेको छ । शेयर धितो ऋण दिने सीमा बढाएर प्राथमिक पूँजी (कोर क्यापिटल) को २५ प्रतिशतबाट ४० प्रतिशत पुर्याएको छ ।

त्यस्तै बैंकहरुलाई सहायक कम्पनी खोली शेयर ब्रोकरको काम गर्न नीतिगत व्यवस्था गरेको छ । जसले पूँजी बजारमा उछाल आउन सघाउ पुगेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।