सात कम्पनीकाे सोमबार बुकक्लोज, लाभांश पाउन आइतबारसम्म शेयरधनी बन्नुपर्ने

Dec 30, 2018 Merolagani

पुस १५ गते आइतबार तीन वाणिज्य बैंक सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। साधारण सभा र लाभांश वितरणका लागि सबै कम्पनीले सोमबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

आइतबार तीन वाणिज्य बैंकहरु हिमालयन बैंक, जनता बैंक, र मेगा बैंक तथा महुली सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

त्यसैगरि पूर्णिमा विकास बैंकले पनि सोमबारदेखि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आइतबारसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।

नयाँ नेपाल लघुवित्त र दिब्येश्वरी हाइड्रोपावरले भने लाभांश बिना नै साधारण सभा आह्वान गरेका छन् । जसअनुसार आइतबारसम्म कायम रहने सम्बन्धित कम्पनीका शेयरधनी मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

लाभांश सुरक्षित गर्ने सम्बन्धित कम्पनी र उनिहरुले साधारण सभाबाट अनुमोदन गराएर बाँड्ने लाभांश सहितको मुख्य एजेण्डा निम्न अनुसार रहेका छन् ।

१. हिमालयन बैंक (HBL

  • पुस ३० गते छब्बीसौं वार्षिक साधारण सभा ( कार्की ब्याङक्वेट, माईतीघर बिहान ११ बजे)
  • चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने
  • बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

२. जनता बैंक (JBNL)

  • पुस २९ गते नवौँ वार्षिक साधारण सभा ( अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली बिहान ११ बजे)
  • चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश (६८ करोड ६६ हजार रुपैयाँ बराबरको)
  • मर्जर/प्राप्तीमा तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने लगायत ।

३. मेगा बैंक (MEGA

  • पुस ३० गते आठौं वार्षिक साधारण सभा ( राष्ट्रिय सभागृह, प्रदशनीमार्ग बिहान ११ बजे)
  • चुक्ता पूँजीको १.००२३३ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने लगायत ।

४. पूर्णिमा विकास बैंक (PURBL

  • पुस २७ गते एघारौँ वार्षिक साधारण सभा (होटल पौवा प्रा.लि रुपन्देही, बिहान ९ बजे)
  • चुक्ता पूँजीको ५ प्रतिशत बोनस, ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत ।

५. महुली सामुदायिक लघुवित्त (MSLB

  • पुस २९ गते छैटौं वार्षिक साधारण सभा ( केन्द्रीय कार्यालय सप्तरीमा, बिहान ११ बजे)
  • चुक्ता पूँजीको २० प्रतिशत बोनस, १.०५३ प्रतिशत नगद लाभांश पारित गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • पूँजी वृद्धि र कार्यक्षेत्र विस्तार
  • वित्तीय संस्थाको नाम र रजिष्ट्रार कार्यालय परिवर्तन
  • सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन लगायत ।

६. नयाँ नेपाल लघुवित्त (NNLB

  • पुस ३० गते दशौं वार्षिक साधारण सभा (होटल प्यारडाइज इन पली धुलिखेल बिहान ११ बजे)
  • शुन्य लाभांश (साधारण सभामा प्रतिनिधित्व जनाउन पाउने)
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्वाचन गर्ने लगायत ।

७. दिब्येश्वरी हाइड्रोपावर (DHPL

  • पुस ३० गते चौंथो, पाँचौं र छैटौं वार्षिक साधारण सभा ( योगाम्बर व्याङ्वेट नेशनल ट्रेडिङ्ग कम्पाउण्ड भित्र बग्गीखाना छेउ सिंहदरबार बिहान ११ बजे)
  • शुन्य लाभांश (साधारण सभामा प्रतिनिधित्व जनाउन पाउने)
  • कम्पनीको प्रबन्धपत्र तथा नियमाबली संसोधन गर्ने
  • सञ्चालक समितिमा संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुकाे निर्वाचन वा मनोनयन गर्ने लगायत ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।