संस्थाकी अध्यक्ष सृजना जोशीले डुम्रे तनहुँमा शनिबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले लघुवित्तको जारी पूँजीको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रस्ताव पारित गरेको बताइन् ।
जारी पूँजी १६ करोड रुपैयाँ रहेको लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ जारीपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड कायम हुनेछ । संस्थाको अधिकृत पूँजी भने २० करोड रूपैयाँ रहेको छ ।
वि.सं. २०७४ असार ३० गतेबाट आर्थिक कारोबार सुरु गरेको यस संस्थाले गत मंसिर मसान्तसम्म ३३ शाखाहरु मार्फत १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा एक अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ ।
यस अवधीमा संस्थाले ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।
साधारण सभाकै अवसरमा संस्थामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयका शाखा प्रमुखहरुलाई सम्मानित समेत गरिएको बताइएको छ ।