सांसदलाई ट्रम्पको धम्कीः पर्खालका लागि बजेट पारित नगरे पुरै मेक्सिको सीमा बन्द गरिने

Dec 30, 2018 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सांसदहरुलाई पर्खाल लगाउनका लागि कोष पारित नगरे दक्षिणी हिस्साको पुरै मेक्सिकाको सीमा बन्द गर्ने धम्की दिएका छन् ।

ट्रम्पले ट्वीट गर्दै भने, ‘यदि पर्खालको कामका लागि डेमोक्रेट्स सांसदले रकममाथि रोक लगाएमा अमेरिकाको आप्रवासन कानुन बदल्न पनि पछि हटिने छैन ।’ 

ट्रम्पले अगाडि थपेका छन्, ‘अमेरिकाले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) का अनुसार मेक्सिकोका लागि एक बर्षमा ७५ अर्ब डलरको नोक्सानी बेहोरिसकेको छ । यसमा ‘ड्रग मनी’ समावेश गरिएको छैन । यसका कारण दक्षिणी हिस्सामा रहेको सीमामा पर्खाल बनाउनु आपूmलाई धेरै फाइदाजनक लाग्दछ ।’

रिपब्लिकन नेताहरुले हालै मात्र सरकारको आंशिक शटडाउन गरेर संसदलाई चेतावनी दिदैँ सीमामा बनिरहेको पर्खालका लागि आवश्यक रकममा रोक नलगाउनका लागि भनेका थिए ।

उता डेमाोक्रेट्सले प्रोजेक्टका लागि ५ अर्ब डलर दिने विषयलाई अस्वीकार गरिदिएका थिए । विपक्षीले राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीति देशका लागि सही नभएको बताउँदै आइरहेका छन् । डेमोक्रेट्सका अनुसार सरकारलाई तबसम्म रकम दिइने छैन, जबसम्म उनीहरुलाई नै पैसा प्राप्त हुदैन ।

ट्रम्पले नोभेम्बरमा धम्की दिएका थिए कि, यदि हामी अमेरिकालाई नियन्त्रण राख्न असफल भयौँ वा मानिसहरुले नोक्सान पु¥याउन सुरु गरे भने पूरै मेक्सिको सीमा नै बन्द गरिनेछ ।

यसको केही दिनपछि अमेरिकी अधिकारीहरुले हजारौ आप्रवासीहरु अमेरिका प्रवेश गरेपछि अचानक दक्षिण क्यालिफोर्नियासँग जोडिएको सीमा बन्द गरेका थिए । आप्रवासी मेक्सिकोको तिजुआनमा बनाइएको बार भत्काएर अमेरिका प्रवेश गरेका थिए ।

मेक्सिकोको सीमामा पर्खाल बनाउनका लागि अमेरिकी संसद (कांग्रेस) ले कोष स्वीकृत नगरेपछि २२ डिसेम्बरमा अमेरिकी सरकार आंशिक रुपमा हड्तालमा उत्रिएको थियो । यसका कारण करिब एक चौथाइ अमेरिकी फेडरल एजेन्सीको कोष रोकिएको थियो । गृह विभाग, परिवहन, कृषि, विदेश तथा न्याय विभाग शटडाउनमा गएका थिए । यहाँसम्म कि नेशनल पार्क र जंगललाई पनि बन्द गरिएको थियो । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।