कार्तिक २७ सम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउने
लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्नेछन् ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।
यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।
हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।
मंसिर १५ गते आइतबार लघुवित्तको प्रतिकित्ता शेयर प्रतिकित्ता १५४० रुपैयाँमा कारोबार भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ५७ रुपैयाँ १ पैसा कायम गरेको छ ।
सप्तरीमा मुख्य कार्यालय रहेको लघुवित्तले गत बैशाखमा एक करोड २० लाख रूपैयाँको साधारण शेयर निष्काशन गरेको थियो ।