चार कम्पनीको बोनसपछि नेप्सेमा सोमबार शेयरमूल्य समायोजन

Dec 31, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार चार कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको बोनसपछि सोमबार शेयरमूल्य समायोजन भएको हो ।

सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै एकैदिन नेप्सेमा एकैदिन धेरैवटा कम्पनीको शेयरमूल्य समायोजन हुन थालेको छ। नेप्समा आइतबार पनि ६ वटा कम्पनीको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको थियो

हिमालयन बैंक (HBL) को ५ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको ५ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ। नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ६७४ रुपैयाँ २६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

त्यस्तै मेगा बैंक (MEGA) को १.००२३३ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । बैंकको बोनसपछि प्रतिकित्ता १८० रुपैयाँ १९ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य २१७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

त्यसैगरि पूर्णिमा विकास बैंक (PURBL) को ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५९ रुपैयाँ ०५ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा रहेको नेप्सेले जनाएको छ ।

सोमबार महुली सामुदायिक लघुवित्त (MSLB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ । नेप्सेले महुलीको २० प्रतिशत बोनस शेयर समाोजन पश्चात पश्चात प्रतिकित्ता १२८३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार लघुवित्तको १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य १२१५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

बोनसमा शेयरमूल्य समायोजन भएको चारवटै कम्पनीको नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा सोमबार शेयर कारोबार खुलेको छ ।

थप तीन कम्पनीको बुकक्लोज भएपनि शेयरमूल्य समायोजन भएन

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि सोमबार सात कम्पनीले बुकक्लोज गरेका हुन् । जसमध्ये चारवटा कम्पनीले बोनस वितरण गरेका कारण शेयरमूल्य समायोजन भएको छ भने तीन कम्पनीकाे शेयरमूल्य समायाेजन भएन ।

जनता बैंकको प्रस्तावित नगद लाभांश (८.४० प्रतिशत) बैंकको बजारमूल्यको १० प्रतिशत नपुगेका कारण शेयरमूल्य समायोजन नभएको हो ।

नयाँ नेपाल लघुवित्त र दिब्येश्वरी हाइड्रोपावरले भने लाभांश बिना नै साधारण सभा आह्वान गरेकाले उनहिरुको शेयरमूल्य समायोजन नभएको हो ।

शेयरमूल्य मायोजन भएका र नभएका गरि सातवटै कम्पनीका आइतबारसम्म कायम रहने सम्बन्धित कम्पनीका शेयरधनी मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् । लाभांश रहेका कम्पनीका शेयरधनीले भने साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश प्राप्त गर्नेछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।