नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Jan 01, 2019 Merolagani

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १७ गते मंगलबार अन्तिम दिन रहेको छ। बुकक्लाेजकाे अघिल्लाे काराेबार दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकाले बैंककाे लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम हुनुपर्छ ।

 

बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुधबारदेखि बुकक्लोज गर्ने भएकाले मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

पुस १६ गते साेमबार बैंककाे शेयरमूल्य प्रतिकित्ता ४२० रूपैयाँमा काराेबार भएकाे छ ।

बैंकले पुस ३० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आह्वान गरेको साधारण सभाले गत आवको नाफाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश (४० करोड २३ लाख ४५ हजार २६३ रुपैयाँको बोनस र ८६ करोड ८२ लाख १८ हजार ७२५ रुपैयाँ नगद लाभांश) अनुमोदन गर्नेछ ।

हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत अर्थात ४० करोड २३ लाख ४५ हजार २५० रुपैयाँ बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एसबीआईले ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।