मिथिला लघुवित्तको ५०% हकप्रद स्वीकृत, अपि पावर बोर्डमा

Jan 01, 2019 Merolagani

मिथिला लघुवित्त (@MLBBL@) को हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। लघुवित्त कम्पनीलाई बोर्डले पुस १३ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद बिक्री गर्न अनुमति दिएको हाे। यस्तै अपि पावर कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

अब लघुवित्तले काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धकत्वमा २ः१ अनुपातमा चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । 

लघुवित्त कम्पनीले सो हकप्रद निष्काशनका लागि असोज २३ गते बोर्डसँग अनुमति मागेको थियो ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

अपि पावर फेरि बोर्डमा

अपि पावर कम्पनी (API)  फेरि दुई सय प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।

यसअघि देखि नै हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेपनि हालसम्म अनुमति नदिएपछि कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस पश्चात कायम हुने पूँजीको २०० प्रतिशत हकप्रद बिक्रीको अनुमति मागेको हो ।

अपिले चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात १ः२ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै पुस ४ गते धितोपत्र बोडमा निवेदन दिएको छ ।

कम्पनीको आठ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रुपैयाँ पुग्नेछ । हकप्रद बिक्रीपछि तीन अर्ब ४० करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

हकप्रदबाट संकलित पूँजीबाट एक अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा लगानी गर्ने कम्पनीले जनाएको छ । बाँकी एक अर्ब २६ करोड रुपैयाँ १८ मेगावाट क्षमताको विभिन्न सोलार आयोजनामा लगानी गर्ने कम्पनीको तयारी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।