बर्षको सुरुवातदेखि नयाँ बर्षको पूर्वसन्ध्यामा बजार बन्द हुदाँसम्म एफटीएसई ११० सूचक १२ प्रतिशतले घटेर ६७२८.१३ अंकमा झरेको थियो ।
त्यसैगरी ठूला यूरोपेली र एशियाका बजारले पनि सन् २०१८ मा समान खालको गिरावटको सामना गरे । जबकि मुख्य अमेरिकी शेयर सूचंकले भने सन् २००८ पछिकै खराब आर्थिक संकटको सामना गर्नुपर्याे ।
डउ जोन्समा सन् २०१८ को अन्त्यसम्म ५.६ प्रतिशत, एस एण्ड पी ५०० ६.२ र टेक सम्बन्धि नेस्डाकमा ३.९ प्रतिशतले गिरावट देखिएको थियो ।
अमेरिका–चीन व्यापार युद्ध र विश्वको कमजोर आर्थिक वृद्धि शेयर बजारको सूचकमा ठूलो कमी आउनुको मुख्य कारक मानिएको छ ।
विश्लेषकहरूले अमेरिकाको राजनीतिक अनिश्चितता र ब्याजदरको वृद्धिको असर पनि शेयर बजारमा परेको बताएका छन् ।
यो वर्ष सकिनै लाग्दा अमेरिकाले अझै पनि आंशिक शटडाउनको सामना गरिरहेको छ । अवैध आप्रवासीहरुलाई रोक्नका लागि मेक्सिकोको सीमामा एउटा पर्खाल निर्माण गर्नुपर्ने माग लिएर राष्ट्रपति ट्रम्पले ५ अर्ब डलरको माग गरेका थिए । तर कंग्रेसले उक्त कोष जारी गर्न अस्वीकार गरेपछि सरकारी स्तरबाट अमेरिकामा आंशिक शटडाउनको घोषणा गरिएको थियो ।
राष्ट्रपति ट्रम्पले बारम्बार चीनसँग टीट फर ट्याटको व्यवहार गर्दै व्यापार करलाई बढाएर बर्षभर लगानीकर्ताहरुलाई चिन्तित बनाएको बताइएको छ । बर्षको अन्तिम महिनाको सुरुवातमा अमेरिका र चीन दुवै पक्षका बीच भएको भेटवार्ता पश्चात् उनीहरु नयाँ कर निलम्बन गर्ने कुरामा सहमत भएका थिए ।
ब्याजदरमा वृद्धि गर्नुपर्ने कुरालाई लिएर अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चलिरहेको विवादले पनि बजारलाई थप अन्यौलमा पारेको बताइएको छ ।
यसका साथै यूरोपेली शेयर बजार घट्नुको मुख्य कारणका रुपमा इटालीको बजेटबारे ब्रसेल्ससँगको विवाद, जर्मन चान्सलर एन्जेला मर्केलको सत्ताबारे फ्रान्समा भएको ‘गिल्ट जाउन्स’ आन्दोलन र ब्रेक्जिटसम्बन्धी विवाद पनि शामिल रहेको बताइएको छ ।
अमेरिकी शेयर बजारमा अन्य क्षेत्रको तुलनामा कम मात्रामा गिरावट आएको हो । सन् २०१७ मा ट्रम्प प्रशासनले गरेको १.५ ट्लिियन कर कटौती तथा रोजगारीमा सुधारको नीति पारित भएसँगै त्यसले अमेरिकाको शेयर बजारका लागि लागि केही सहयोग पुर्याएको बताइएको छ ।
सोमवार एशियाली बजार हङकङको हाङसेङ सन् २०१८ को बार्षिक १४ प्रतिशत घटेर बन्द भएको थियो । जबकि जापानी शेयर सूचक निक्की १५ प्रतिशत घटेको थियो भने चीनको साङ्घाई कम्पोजिट २५ प्रतिशत बार्षिक घटेको थियो ।
अमेरिका सहित विश्वका केही शेयर सूचकमा भने नयाँ वर्षको पूर्वसन्ध्याको कारोबारमा केही वृद्धि देखिएको थियो । जुन चीन र अमेरिकाबीच सम्बन्ध सुध्रिने संकेतसँगै बढेका थिए ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दे चीनियाँ राष्ट्रपति सी जिङपिङसँग लामो र राम्रो कल भएको र एउटा सम्भावित व्यापार सम्झौताको लागि प्रक्रिया चलिरहेको बतासँगै लगानीकर्तामा उत्साह छाएको बताइएको छ । बीबीसी