गरिमाको बैंकको बोनस वितरण

Jan 01, 2019 Merolagani

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैंकले गत असोज ११ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीहरुलाई उनिहरुकै हितग्राही खातामा बोनस जम्मा गरेको जनाएको छ ।

सो मितिपछि शेयर डिम्याट गर्ने शेयरधनीलाई क्रमश: उक्त बोनस पठाउँदै जाने भन्दै बैंकले हालसम्म पनि कागजी शेयर प्रमाणपत्र रहेका शेयरधनीलाई बोनस शेयर प्राप्त गर्न शेयर प्रमाणपत्र अभौतिकिकरण (डिम्याट) गर्न भनेको छ ।

गरिमाको असोज २६ गते सम्पन्न वाह्राैं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।

यस्तो छ बैंकले जारी गरेको सूचना :-

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।