सेञ्चुरी बैंकले संस्थापक र साधारण र गरि १८ लाख ७० हजार २७४ कित्ता र नयाँ नेपाल लघुवित्तले ४७ हजार ७६३ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएका हुन् ।
लिलामीकाे शेयरमा आवेदन गर्दा दाेस्राे बजारमा सम्बन्धित कम्पनीकाे कति शेयर लिलामीमा आएकाे छ ? कति मूल्यमा काराेबार भैरहेकाे छ र कति मूल्यमा बाेली लगाउँदा शेयर प्राप्त गर्न सकिन्छ? भन्नेतर्फ ध्यान पुर्याउनुपर्छ । यसअघिका लिलामी गरेका कम्पनीहरूकाे शेयरमा कायम भएकाे कटअफ मूल्यकाे आधारमा बाेलपत्र पेश गर्दा लिलामीकाे शेयर प्राप्त गर्नसक्ने अवस्था बढ्छ ।
सेञ्चुरी बैंकको पुस १७ गते धितोपत्रको दोस्रो बजारमा मंगलबार प्रतिकित्ता १७२ रुपैयाँमा शेयर कारोबार भएको छ । नयाँ लघुवित्तको साधारण मंगलबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ६२३ रुपैयाँमा कारोबार भएको छ ।
सेञ्चुरी बैंक (CCBL) ले बुधबारदेखि संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले बोलकबोल मार्फत लिलामी शेयरमा संस्थापक र साधारण) न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
नयाँ नेपाल लघुवित्तको संस्थापक मात्र
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) को पनि बुधबारदेखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलामी आएको छ । लघुवित्तले यसअघि साबिककका संस्थापकलाई मात्र लिलामी खुला गरेकोमा हाल साबिकका संस्थापक र सर्वसाधारणले समेत किन्न पाउने गरी संस्थापक शेयर लिलामी ल्याएको हो ।
यसअघि कम्पनीले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यस समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि सर्वसाधारणले समेत पाउने गरी लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा तोकिएका प्रकृयाहरु पूरा गरि न्यूनतम एक हजार कित्तादेखि सबै कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् ।
लघुवित्तको लिलामी शेयरमा बिक्री पबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।
चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।