एसबिआई बैंकको बोनस पश्चात शेयरमूल्य समायोजन

Jan 02, 2019 Merolagani

नेपाल एसबिआई बैंक (SBI) को नेपाल स्टक एक्सचेञ्जमा बुधबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन गरिएको हो ।

स्टकका अनुसार एसबिआई बैंकको ५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ६२५ रुपैयाँ ९० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ । 

बैंकले पुस ३० गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि बुधबारदेखि बुक क्लोज गरेको हो ।

साधारण सभाले गत आवको नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । सो लाभांश पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।