लघुवित्तले गत मंसिर १९ देखि २३ गतेसम्म ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर निष्काशन गरि मंसिर २८ गते शुक्रबार बाँडफाँड गरेको थियो । निष्काशित आईपिओमध्ये ९ हजार ३०० कित्ता शेयर लघुवित्तको कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसधारण बिक्री गरेको थियो ।
साधारण शेयर निष्काशन अघि १२ करोड ६० लाख चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको आईपिओ बिक्रीपछि चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यससँगै लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम भएको छ ।
लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तमा खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।
लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।