कालिका लघुवित्तको इन्साइडर ट्रेडिङ्गको आशङ्कामा रोकियो शेयर कारोबार

Jan 04, 2019 Merolagani

- २४ घण्टे स्पष्टिकरण पेश गर्न नेप्सेकाे निर्देशन।
नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को शेयर कारोबार स्थगन (रोक्का) गरेको छ। लघुवित्तले चुक्ता पूँजीको ७५% हकप्रद जारी गर्ने निर्णय गरेर ढिला नेप्सेमा सूचना पठाएपछि नेप्सेले इन्साइडर ट्रेडिङ्गको आशंकामा कारोबार रोक्दै २४ घण्टे स्पष्टिकरण साेधेको छ।

कुनै पनि सूचीकृत कम्पनीहरुले धितोपत्रको बजार मूल्यलाई प्रभाव पर्ने निर्याय गर्दा तत्काल वा भोलिपल्ट कारोबार सुरु हुनुभन्दा अगाडि नेप्सेलाई जानकारी दिनुपर्छ । लघुवित्तले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने सूचना बिहीबार मात्र नेप्सेमा पठाएको थियो । तर यो सूचना बुधबार नै बजारमा फैदिएर कम्पनीको शेयर कारोबार प्रभावित बनेको थियो । 

नेप्सेले लघुवित्तले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को उपनियम १ को खण्ड ‘ङ’ बामोजिम बैठकको समय नखुलाई सुचना प्रवाह गरिएको भन्दै कारोबार रोक्का गरेको छ ।

कम्पनीले पुस १८ गते बसेको सञ्चालक समितिको निर्णयलाई उल्लेख गर्दै पुस १९ गते ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । तर त्यसमा बैठक बसेको समय उल्लेख थिएन । लघुवित्तसँग नेप्सेले बैठकको समय उल्लेख नगरेको कारणबारे २४ घण्टे स्पष्टिकरण माग गरेको हो ।

हकप्रदकाे सूचना बाहिरिएपछि बुधबार लघुवित्तको शेयर उच्च मूल्यमा कारोबार भएको थियो ।

लघुवित्तले २०७५ को असार मसान्तसम्म कायम चुक्तापूँजी १० करोडको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोही अनुसार जारी तथा चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको थियो ।

यसैबीच कम्पनीले माघ १९ गते साधारण सभा गर्ने जानकारी गराउँदै लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार पुस २६ गते बिहीबारसम्म कायम रहने शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको ८ प्रतिशत बोनस पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।