दुई दिनमा घलेम्दी हाइड्रोको १४ लाख ३० हजार कित्ता आईपिओ बिक्री

Jan 04, 2019 Merolagani

घलेम्दी हाइड्रोको आईपिओमा १४ लाख ३० हजार कित्ता भन्दा बढीको आवेदन पारेको छ। आवेदन खुलेको दोस्रो दिन शुक्रबार सम्ममा १९ हजार ३५ जनाबाट १४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको आवेदन गरेको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ।

कम्पनीले पुस १९ गते देखि निष्काशन गरेको आईपिओमा सोमबार पुस २३ गतेसम्म आवेदन गर्न सकिन्छ।

कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ सर्वसाधारणलाई निष्काशन गरेको हो। जसमा २२ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कम्पनीको आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था छ। कम्पनीको आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित नारच्याङमा निमार्ण भइरहेको छ। नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादन गर्ने तयारी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।