दुई अर्ब डलर ठगीको मुद्दामा क्रेडिट स्वीस बैंकका ३ जना पूर्व कर्मचारी पक्राउ

Jan 06, 2019 Merolagani

२ अर्ब डलर अर्थात् करिब २३ हजार करोड रुपैयाँ ठगी गरेको मुद्दामा क्रेडिट स्वीस बैंकका ३ जना पूवं कर्मचारी पक्राउ परेका छन् । बिहीवार बेलायतमा उनीहरूलाई पक्राउ गरिएको हो । अमेरिकाले प्रत्यर्पणको माग गरेसँगै उनीहरूलाई रिहा गरिएको छ ।

पक्राउ पर्ने क्रेडिट स्वीशका पूर्व कर्मचारीमा एन्ड्र्यु पियर्स, सुर्जन सिंह र डेटेलिना सुबेभा रहेका छन् । उनीहरूले अमेरिकाको घुसखोरीविरुद्धको नियम उल्लंघन गरेको, मनी लन्ड्रिङ र धोकाधडीको आरोप लगाइएको छ । उनीहरूबारे अमेरिकाको न्यूयोर्क अदालतमा मुद्दा चलिरहेको छ ।

अमेरिकी वकिलका अनुसार तीनैजना आरोपीहरुले दक्षिण अफ्रिकी देश मोजाम्बिकको सरकारी कम्पनीहरुलाई प्रदान गरिने ऋणमा ठगी गरेको हुन् ।

यसै हप्ता सोही मुद्दामा मोजाम्बिकका पूर्व अर्थमन्त्री म्यानुअल चाङ दक्षिण अफ्रिकामा पक्राउ परेका थिए ।

क्रेडिट स्वीस बैंकका अनुसार तीनजना आरोपी पूर्व कर्मचारीहरुले बैंकको आन्तरिक नियन्त्रणलाई असफल बनाउन र आफ्नो निजी फाइदाका लागि ऋणसँग सम्बन्धित जानकारी लुकाउने प्रयास गरेको हुन् ।

यो मुद्दाका अर्का आरोपी जिन बोस्तानी गत बुधवार अमेरिकाको जोन एफ केनेडी विमानस्थलबाट पक्राउ परेका थिए । लेबनानी नागरिक बोस्तानी मोजाम्बिकको कम्पनीसँग सम्बन्धित अबू धाबीको क्न्ट्रयाक्टरका लागि काम गर्ने गर्दछन् ।

सन् २०१३ देखि २०१६ बीच मोजाम्बिकको सरकारी कम्पनीहरुले क्रेडिस स्वीस र भीटीबी बैंकको लण्डनस्थित शाखाबाट २ अर्ब डलरभन्दा बढी ऋण लिएका थिए । मोजाम्बिकको सरकार ऋणको साक्षी रहेको थियो । सन् २०१६ देखि कम्पनीले ऋण चुकाउन सकिरहेको थिएन ।

आरोपका अनुसार, चाङले अर्थमन्त्री भएको समयमा मोजाम्बिकमा म्यारिन प्रोजेक्ट्सका लागि ३ सरकारी कम्पनीहरु बनाइएको थियो । यसलाई बनाउनुको उद्देश्य चाङ, बोस्तानी र तीन आरोपी बैंकर्सलाई फाइदा पुर्याउनु रहेको थियो ।

ऋणको रकममध्ये २० करोड डलर बराबरको रकम उनीहरूका साथै मोजाम्बिकका सरकारी अधिकारी र अन्य व्यक्तिको नाममा सारिएको थियो । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।