साना किसानले २६.३२% लाभांश पारित गर्न माघ १८ गते डाक्यो एजीएम

Jan 06, 2019 Merolagani

साना किसान लघुवित्त वित्तीय संस्था (SKBBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न  साधारण सभा आह्वान गरेको छ । लघुवित्तले माघ १८ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको हाे ।

सत्रौं वार्षिक साधारण सभामा साना किसानले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र १.३१७ प्रतिशत नगद लाभांश गरि कूल २६.३१७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । सभाले ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।

साना किसान लघुवित्तले साधारण सभा र लाभांश वितरण गर्ने प्रयोजनका लागि माघ ३ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्दैछ । यसअनुसार माघ २ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

सभाबाट अनुमोदन भएपछि कम्पनीले १५ करोड ७२ लाख ६ हजार ९८२ रुपैयाँ बोनसमा र ८२ लाख ७४ हजार ५१ रुपैयाँ नगद लाभांश शेयरधनीलाई बाँड्नेछ ।

हाल ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ रहेको साना किसानको बोनस वितरणपछि ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।