जोशी हाइड्रोपावरको शेयर कारोबार खुल्यो, २७९ रुपैयाँमा पहिलो कारोबार

Jan 07, 2019 Merolagani

जोशी हाइड्रोपावरको पुस २३ गते सोमबारदेखि शेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको शेयर कारोबराको लागि जेओएसएचआई  (JOSHI) सिम्बोलमा कारोबार हुने भएको छ ।  

नेप्सेले हाइड्रोपावरको पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६७ पैसा देखि २८१ रुपैयाँ १ पैसामा कारोबार गर्न सकिने ओपनिङ्ग रेञ्ज दिएको हाे । फ्लोरसिटमा हेर्दा हाइड्रोको पहिलो शेयर कारोबार २७९ रुपैयाँमा भएको छ ।

३२ नम्बर ब्रोकरबाट १० कित्ता शेयर म्याचिङ्ग हुँदा कम्पनीको शेयर कारोबार उच्च मूल्य २७९ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

मार्केट डेप्थमा भने अन्य लगानीकर्ताहरु एक सय रुपैयाँभन्दा कम मूल्यमा खरिद अर्डरमा बसेका छन् । 

 

हाइड्रोपावरले आइतबार चुक्ता पूँजी बराबरको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा  सूचीकरण गरेको थियो । जसमध्ये सर्वसाधारणको लागि निष्काशन भएको १८ लाख १९ हजार ८६० कित्ता रहेको छ ।

जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गरेको छ । चुक्ता पूँजीको बाँकी ५१ प्रतिशत शेयर स्वामित्व संस्थापकका छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।