मर्जरमा जाने प्रस्ताव गर्दै कालिका लघुवित्तको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Jan 08, 2019 merolagani

कालिका लघुवित्त KMCDB ले मर्जरमा जाने तयारी सहित साधारण सभा बोलाएको छ। लघुवित्तले माघ १९ गते बिहान ११ बजे होटल भेनस स्याङ्गजामा नवौं साधारण सभा डाकेको हो। साधारण सभामा संस्थाले उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको २०७५ असार मसान्तसम्म कायम १० करोड चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ८० लाख रूपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ४ लाख २१ हजार ५३ रूपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस शेयर पश्चात कायम हुने १० करोड ८० लाख रूपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने र सोही अनुसार जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई स्वीकृति प्रदान गर्ने तयारी गर्दैछ ।

साधारण सभाले संस्थापक समुहको शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी चार जना सञ्चालकको निर्वचान गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस २९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार २६ गतेसम्म कायम शयरधनीहले मात्रै लाभांश पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।