यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुने र एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको बीमाङ्क रकमको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुनेछ । न्युनतम ५० हजार रुपैयाँ देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने व्यवस्था रहेका एशियन लाइफले जनाएको छ ।
ठूलो बीमाङ्कको बीमा शुल्कमा छुट सुविधा समेत रहेको छ । दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷अशक्त सुविधा एवं बीमा शुल्क छुटको सुविधा छ । बीमा शुल्क मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा भुक्तानी गर्न सकिनेछ ।
बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस प्राप्त गर्न सकिन्छ । बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम पाउनेछ् ।
यस्तै बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम फिर्ता पाउने कम्पनीले जनाएको छ ।
अधिकृत पूँजी ५ अर्ब रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा कम्पनीकोजीवन बमिा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ संचित छ । कम्पनीको हाल २९ वटा शाखा र ७७ वटा उपशाखा गरी १०६ वटा कार्यालयहरु छन् ।