साञ्जेन जलविद्युत कम्पनीकाे आईपिओलाई इक्रा नेपालको ‘ग्रेड ४’ प्लस रेटिङ्ग

Jan 09, 2019 merolagani

साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४ प्लस’ दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले सर्वसाधारण निष्काशन गर्न लागेको ५४ करोड ७५ लाख रूपैयाँ बराबारको ५४ लाख ७५ हजार कित्ता शेयरको लागि इक्रा नेपालले उक्त रेटिङ्ग दिएको हो।

यस अघि नै कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले अप्पर साञ्जेन १४.८ मेगावाट र साञ्जेन ४२.५ मेगावाटको दुई आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ ।

आयोजनाले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधारणहरूको लागि गरि कूल ९१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । जसमध्ये सर्वसाधारणहरूको लागि ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावितका लागि ३६ लाख ५० हजार कित्ता निष्काशन गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।