एशोसिएसनका निमित्त अध्यक्ष गोविन्द प्रसाद ढकालले मेरोलगानीसंग कुरा गर्दै अप्रत्यशित रुपमा देखिएका समस्या तत्काल समाधान गर्दै बैंकहरु अगाडी बढ्ने गरेको बताए ।
विकास बैंकको क्षमता अनुसार प्रयोग भएको सफ्टवेर पूमरी समस्यारहित नभए पनि सफ्टवेरकै कारण जनताको लगानी र निक्षेप असुरक्षित नहुने निमित्त अध्यक्ष ढकालले प्रष्ट पारे ।
केही समस्याहरु सफ्टवेरको कमजोरीबाट भई हाले पनि त्यसलाई तत्काल क्षतिबाट जोगाउन दैनिक नियमनमा कडाई गर्न बैंकहरुले पहल थालेको ढकालको भनाई थियो ।
कुनै पनि समस्यामा प्रविधिको कमजोरी देखाएर बैंक प्रशासन उम्कन नसक्ने भन्दै ढकालले हरेक दिनको अन्तर बैंकिङ्ग गतिविधिमा कडा निगरानी बढाउन सबै विकास बैंक लागि परेको जानकारी दिए ।
मेराेलगानीकाे प्रकाशित गरेका सम्बन्धित समाचारहरू