सुधारकाे कार्यक्रमकाे प्रभाव शेयरबजारमा , कारोबार रकम भने स्थिर

Jan 09, 2019 merolagani

धितोपत्र बोर्डको निर्देशनको प्रभाब बुधबारको शेयर बजारमा देखिएको छ । मंगलबार बोर्डले कमजोर÷खराब रेटिङ्ग पाएका कम्पनीहरूले आइपिओ निष्काशन गर्न नपाउने व्यवस्था लागु गरेपछि शेयर बजारले लय समातेको हो । रेटिङ संस्थाबाट न्यून ग्रेड वा कमजोर रेटिङ पाएको कम्पनीले सार्वसाधारण शेयर निष्काशन गर्न नपाउने भएपछि लगानीकर्ताहरू अाश्वस्त भएका हुन् ।

बुधबार २.२९ अंकले बढेको बजारमा मंगलबारको तुलनामा कारोबार रकम भने स्थिर देखिएको छ । मंगलबार ३४ करोड रूपैयाँको कारोबार भएको बजारमा आज बुधबार पनि ३४ करोड भन्दा बढीको काराेबार भएको छ ।

बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ । १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भएर ३४ करोड ७८ लाख रूपैयाँ बराबरको कारोबार भयो ।

यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४२ अंकले बढेर २५०.२६ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १० उपसूचक मध्ये फाइनान्स र अन्य समूहको सुचक ऋणात्मक देखिएको छ । बाँकी ८ सुचक सकारात्मक देखिएका छन् ।

बुधबार सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सुचक १२.५७ अंकले बढेको छ । यस्तै जीवन बीमा ९.७३, विकास बैंक ८.३२, निर्जीवन बीमा ६.३, होटल्स ५.४८, बाणिज्य बैंक २.४३, माइक्रोफाइनान्स २.४३ र हाइड्रोपावर ०.६८ अंकले सुधार भएका छन् ।

यस्तै सबै भन्दा धेरै अन्य समुहको सुचक १.११ अंकले घटेको छ । यस्तै फाइनान्स समुहको सुचक पनि ०.१८ अंकले ऋणात्मक भयो ।

बुधबार छिमेक लघुवित्तको संस्थापक शेयर सबै भन्दा धरै रकमको कारोबार भएको छ । लघुवित्तको ५ करोड ८६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको ४ करोड ८८ लाख, एनआइसी एशिया बैंकको १ करोड ६३ लाख, प्रभु बैंकको १ करोड ४१ लाख नेपाल लाइफको १ करोड ३२ लाख, बैंक अफ काठमाडूको १ करोड २७ लाख, एनसीसी बैंकको १ करोड ८ लाख र प्राइम कर्मशीयल बैंकको संस्थापक शेयर १ करोड १ लाख रूपैयाँ बराबरको कारोबार भएका छन् बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर मूल्य ५.९७ प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनरको शेयरधनीहरूले ४.९५ प्रशितले कमाएका छन् । हिमालयन डिष्टिलरी र ङादी ग्रुपको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।

यसैगरी, मितेरी विकास बैंक, पन्चकन्या माई, कालिका लघुवित्त, दिब्यश्वरी हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्सका शेयरधनीहरूले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता हाथवे फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.२ प्रतिशतले घटेको छ । यस्तै सानिमा इक्युटीको इकाई मूल्य, आइसिएफसी फाइनान्स, सप्तकोशी विकास बैंक, किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्तको शेयरधनीहरूले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।