स्ट्याण्डर्ड चार्टर्ड र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Jan 10, 2019 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि आइतबार बुकक्लोज गर्देछन् । यसअनुसार बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

पुस २५ गते बुधबार बैंककाे शेयर प्रतिकित्ता ६०५ रूपैयाँमा काराेबार भएकाे छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १७.५० प्रतिशत अर्थात प्रतिशेयर १७ रूपैयाँ ५० पैसा नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न बैंकले माघ ७ गते दिउँसो १ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा ३२ औं साधारण सभा आह्वान गरेको छ ।

यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी एक जना संचालकको निर्वचन गर्ने तयारी गरेको छ ।

८ अर्ब एक करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी छ । चालु आर्थिक वर्षको पहलिो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसा छ ।

उता कालिका लघुवित्त (KMCDB) को ८ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने पनि बिहीबार नै अन्तिम दिन रहेको छ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस २९ गते आइतबार बुकक्लोज गर्ने भएकाले बिहीबार (पुस २६ गते) सम्म कायम शेयरधनीहले मात्रै लाभांश पाउनेछन् ।

पुस २५ गते बुधबार लघुवित्तकाे शेयर प्रतिकित्ता ९९४ रूपैयाँमा काराेबार भएकाे छ ।

लघुवित्तले माघ १९ गते बिहान ११ बजे होटल भेनस स्याङ्गजामा नवौं साधारण सभा डाकेको छ । साधारण सभामा संस्थाले उपयुक्त वित्तीय संस्थाहरू गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको २०७५ असार मसान्तसम्म कायम १० करोड चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ८० लाख रूपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ४ लाख २१ हजार ५३ रूपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस शेयर पश्चात कायम हुने १० करोड ८० लाख रूपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने र सोही अनुसार जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई स्वीकृति प्रदान गर्ने तयारी गरेकाे छ ।

साधारण सभाले संस्थापक समुहको शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी चार जना सञ्चालकको निर्वचान गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।