गत आर्थिक वर्षमा बैंकले एक अर्ब १४ लाख खुद नाफा कमाएको थियो । यहि नाफाबाट बैंकले बाेनस बाँड्न लागेकाे हाे ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ। बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट पनि शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्त्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ रुपैयाँकाे ८.५० प्रतिशतले हुन आउने ६० कराेड ८८ लाख ८८ हजार ५७३ रूपैयाँ बाेनस बाँड्नेछ। अघिल्लाे आर्थिक वर्षमा बैंकले १२.७५ प्रतिशत (९१ करोड २२ लाख ८९ हजार ५७३ रुपैयाँ) बोनस बाँडेकाे छ । यसअनुसार बैंककाे चुक्त्ता पूँजी ८ अर्ब ६८ कराेड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।