डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

Jan 10, 2019 Merolagani

डिप्रोक्स लघुवित्त (DDBL) काे पुस २६ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितिरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनसको बुकक्लोजसँगै बिहीबार शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता शेयरमूल्य ५८२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । बिहीबार नेरुडेको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।

कम्पनीको नेप्सेमा कारोबार भएको १८० दिनको शेयरमूल्यका आधारमा औसत आधारमूल्य ४६१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

 

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखेर माघ ११ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

लघुवित्तले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस २६ देखि बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ । लघुवित्तको सत्रौं वार्षिक साधारण सभा माघ ११ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे बोलाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।