अपर तामाकोशीको साढे १० करोड कित्ता शेयर नेप्समा सूचीकृत, आइतबारदेखि कारोबार

Jan 10, 2019 Merolagani

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) को शेयर नेपाल स्टक एक्सचेञ्जमा पुस २६ गते बिहीबार सूचीकृत भएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम पुस २० गतेको निर्णय अनुसार कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकरण भएको जनाएको छ ।

बिहीबार कम्पनी र नेप्सेबीच भएको सूचीकरण सम्झौतामा सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनदेखि स्टकमा कारोबार हुने उल्लेख छ । यसअनुसार कम्पनीको शेयर आइतबार दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

स्टकका अनुसार १० अर्ब ५९ करोड रूपैयाँ बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपैयाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

सम्बन्धित समाचारहरू:-

तामाकोशीका लगानीकर्ताले प्रतिफल पाउन ४ वर्ष कुर्नुपर्ने, शेयरमूल्य के होला ?

माथिल्लो तामाकोशीको आईपिओ बाँडफाँड, ५० कित्ता पाउने कति ?

माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्ने अवस्थाप्रति मन्त्री पुनको गम्भिर चासो

माथिल्लो तामाकोशीको शेयर खुल्यो, हजार कित्तासम्म आवेदन गर्न सकिने

माथिल्लो तामाकोशीको आईपिओ कात्तिक १५ गतेदेखि,हजार कित्तासम्म आवेदन दिन पाइने

माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, अधिकतम १०३ कित्ता बाँडियो

माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे आयाेजना यसरी हुँदैछ महङ्गो

माथिल्लो तामाकोशीलाई २ अर्ब ६४ करोडको आईपिओ बिक्री गर्न बोर्डको अनुमति

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।