शेयर बजारमा सामान्य सुधार, सूचक र कारोबार रकम दुबै बढ्यो

Jan 10, 2019 Merolagani

पूँजी बजार सुधारका कार्यक्रमको प्रभावले शेयर बजार लयमा फर्किन थालेको छ। हिजो बुधबार २.२९ अंकले बढेको बजारले आज बिहीबार पनि निरन्तरता पाएको हो। साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ ।

यस दिन कारोबार रकममा समेत बढेको छ । बुधबार ३४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज बिहीबार भने ३६ करोड भन्दा बढीको काराबोर भएको छ ।

नेप्से १.४८ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच हुँदा ३६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएकाे छ। यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले बढेर २५०.६५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ११ उपसूचक मिश्रीत देखिएका छन् । जसमध्ये ७ उपसूचक सकारात्मक देखिएकाे छ भने ४ उप सूचक ऋणात्मक देखिएको छ ।

बिहीबारकाे बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२.१७ अंकले बढेको छ । यस्तै जीवन बीमा ५.९६, माइक्रोफाइनान्स ५.७, ट्रेडिङ्ग २.५३, फाइनान्स २.५२, वाणिज्य बैंक १.५८, अन्य समूहको सुचक १.१९ अंकले सुधार भएका छन् ।

 

यस्तै सबैभन्दा धेरै विकास बैंकको सूचक ६.६ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.३५ र होटल्स उप सूचक १.७८ अंकले ऋणात्मक रहे ।

बिहीबार नेपाल बैंकको सबैभन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । २२ वर्षपछि लाभांश बाँड्न लागेकाे बैंकले बाेनस बाँड्ने आशामा केही दिनयता बैंककाे उच्च काराेबार हुँदै आएकाे छ ।

यस्तै आजै लाभांश प्रस्ताव गरेको कुमारी बैंकको १ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २६ लाख, नेशनल हाइड्रोपावरको १ करोड २० लाख, बैंक अफ काठमाण्डूको १ करोड १४ लाख, एनआइसी एशिया बैंकको १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएका छन् । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्वीटी फण्डको इकाई मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सको ५.८९, जेबिल्स फाइनान्सको ५ र तारागाँउ रेजेन्सीको शेयर मूल्य ४.६० प्रतिशतले बृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स, आइसिएफसी फाइनान्स, कुमारी बैंक, रिडी हाइड्रोपावर, छिमेक लघुवित्तका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता सिनर्जी पावरको शेयर मूल्य सबै भन्दा धेरै ५.१० प्रतिशतले घटेको छ । पूर्णिमा विकास बैंकका शेयरधनीले ३.७९ प्रतिशतले गुमाएका छन् ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्राेपावर, हिमालयन पावर पार्टनरका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।