स्वाभिमान माइक्रोफाइनान्सले माग्यो आईपिओ निष्काशनको अनुमति

Jan 11, 2019 Merolagani

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आईपिओ) निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डको अनुमति मागेको छ। कम्पनीले जारी पूँजी ६ करोड रुपैयाँको ३० प्रतिशत आईपिओ निष्काशनको अनुमति माग्दै पुस २४ गते बोर्डमा निवेदन दिएको हो।

माइक्रोफाइनान्सले यसअघि नै आईपिओ निष्काशनको निवेदन दिएको थियो । अहिले भने कम्पनीले पूँजी संरचनामा भएको संसोधन पश्चात बाफिया २०७३ मा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी हुने संरचना परिवर्तनका लागि कम्पनीले पुन आवेदन गरेको हो । 

तिलोत्तमा, ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमानले हाल लघुवित्तको कायम ६ करोड जारी पूँजीको ३० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

हाल चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीले ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्म १४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंकबाट ४१ करोड ४१ लाख रुपैयाँ सापटी लिएर ५० करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । माइक्रोफाइनान्सको खराब कर्जा अनुपात ०.०२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।