बेजोस दम्पत्तीको डिभोर्सपछि अमेजनमा कस्तो पर्ला असर?

Jan 11, 2019 agency

विश्वकै सबैभन्दा धनी व्यक्ति तथा ई–कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा गरेसँगै उनको कम्पनीको हिस्सामा कस्तो असर पर्ला भन्ने चर्चा विश्वव्यापी रूपमा भइरहेको छ ।

 वैवाहिक जीवनमा बाँधिएको २५ बर्षपछि बेजोस दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका हुन् । जेफ र मैकेजीले ट्वीट गरेर आफुहरूले सम्बन्ध विच्छेद गर्न लागेको जानकारी दिएका थिए । डिभोर्सपछि बेजोसको नेटवर्थ घट्ने बताइएको छ ।

बेजोससँग १३७ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । अमेजनमा उनको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । डिभोर्ससँगै बेजोसको अमेजन कम्पनीमा भएको स्वामित्वमा भने असर पर्ने छ ।

वाशिंगटनको कानुनका अनुसार विवाहपछि आर्जित सम्पत्तिमाथि श्रीमान् श्रीमती दुवैको बराबर हक लाग्छ । डिभोर्सको समयमा त्यो सम्पत्तिलाई दुई भागमा बराबर बाड्नुपर्ने हुन्छ ।

बेजोसको डिभोर्ससँगै हुने सम्पत्ति बाडफाँडपछि विश्वमा धनी व्यक्तिको सूचिमा समेत परिवर्तन हुने छ । खबरका अनुसार मैकेजीलाई ६८ अर्ब अमेरिकी डलर सम्पत्ति मिल्न सक्छ । त्यसपछि बेजोसँग आधी सम्पत्ति मात्र बाँकी रहनेछ ।

योसँगै मैकेजी विश्वकै सबैभन्दा धनी महिला हुने छिन् भने जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीबाट तल झर्नेछन् । उनको स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै धनी व्यक्ति बन्ने छन् । सन् २०१७ को अक्टोबरबाट जेफ बेजोसको सम्पत्ति बिल गेट्सको भन्दा बढेको थियो ।

वाशिंगटन पोस्ट र ब्लू ओरिजनमा पनि बेजोसको स्वामित्व रहेको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।