शनिबार पनि बैंक र क्लियरिङ्ग हाउस खुला राख्न केन्द्रीय बैंकको निर्देशन

Jan 12, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले पुस २८ गते शनिबार राजश्व बुझ्ने सबै बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर तथा चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ्ग हाउसलाई पुरै समय कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको नाममा सो निर्देशन दिएको हो ।

पुस मसान्त नजिकिएसँगै कर दाखिल गर्नेहरुको चाप बढ्ने हुँदा नेपाल सरकार अर्थ मन्त्रालय राजश्व महाशाखाको पत्र अनुसार केन्द्रीय बैंकले सो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले भनेको छ:- "पुस २८ गते शनिबार सार्वजनिक विदाका दिन राजस्व जम्मा गर्ने प्रयोजनका लागि राजश्व बुझ्ने सबै बैंकका शाखा तथा एकाउण्ट पूरै समय खुला गरि राजश्व बुझ्ने व्यवस्था मिलाउन हुन र राजश्व दाखिका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत सदा झै खुला गर्ने व्यवस्था गर्नु।गराउनु हुन यो सूचना जारी गरिएको छ ।"

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।