प्रभु र हिमालयन बैंकको मास्टरकार्ड सञ्चालनमा

Jan 12, 2019 Merolagani

प्रभु बैंक र हिमालयन बैंकले आफ्ना ग्राहकहरुकालागि मास्टरकार्ड डेबिट कार्ड सञ्चालनमा ल्याएका छन् । प्रभु बैंकले बिहीबार र हिमालयन बैंकले शुक्रबार आफ्ना ग्राहकहरुलाई सो कार्डको औपचारिक शुभारम्भ गरेका हुन् ।

दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरु र मास्टरकार्डका दक्षिण एशिया क्षेत्रिय प्रमुख पोरुष सिंहको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपालमा ईएमभि चिप बेस्ड पिबिएल मास्टरकार्ड सेवा विस्तार गर्न पाएकोमा सिंहले खुशी व्यक्त गरेका थिए । यसको प्रयोगबाट नेपालका ग्राहकहरुलाई डिजिटल भुक्तानी गरि सुबिधाको पूर्ण सदुपयोग हुने विश्वास उनको छ ।

विद्युतिय भुक्तानीको क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित दुबै बैंकको साझेदारीमा उक्त कार्ड सुरुवात गरिएको हो । सो कार्ड अहिले प्रयोगमा आइरहेको कार्डको तुलनामा अत्याधुनिक तथा थप सुरक्षित हुने बताइएको छ ।

प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आप्mना ग्राहकहरुको पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको बताए ।

उनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए। यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने उनको भनाई थियो ।

उता हिमाालयन बैंक (HBL) को प्रमृुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले मास्टरकार्डको सहकार्यमा बैंकले मास्टरकार्डको सुररुवात गरेको बताउँदै उक्त कार्ड प्रयोगकर्ताहरुलाई २० प्रतिशतसम्मको छुट हुने व्यवस्था गरेकाले बैंकका ग्राहकहरु लाभान्वित हुनेमा बताए ।

बैंकका नयाँ ग्राहकहरुलाई अत्याधुनिक चिप र पिनबाट बनेको उक्त कार्ड निःशुल्क प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत राणाको भनाई छ । तथा १११ एटिएम मेशिनमा निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त कार्डको प्रयोगकर्ताले नेपालका १११ एटिएम मेशिनमा निःशुल्क प्रयोग गर्न सकिने तथा भारतमा रहेका अधिकांश एटिएम तथा पस (प्वाइट अफ सेल्स मेशिन) हरुको प्रयोग गर्न सकिने व्यवस्था रहको छ । हिमालयन बैंकले चालू आवमा थप ६ ओटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।