नेप्से सूचक २.८३ अंकले बढ्यो, लाभांशको आशा जाग्दा नेपाल बैंकको साढे ३४ करोडकाे कारोबार

Jan 12, 2019 Tirtha Raj Poudyal

धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक २.८३ अंकले वृद्धि भएको छ। आइतबार ११७८.०१ अंकमा खुलेको सूचक साताको अन्तिम दिन ११८०.८४ बिन्दुमा बन्द भएको हो । यस्तै २२ वर्षपछि लाभांश बाँड्ने आशा पलाउँदा नेपाल बैंकको यस साता उच्च कारोबार  हुँदै ३४ करोड ६३ लाख रुपैयाँ बराबरकाे काराेबार हुन पुगेकाे छ ।

तीन दिन बढ्दा दुइ दिन सूचकमा गिरावट

साताका पाँच कारोबार दिनमा तीन दिन परिसूचक बढेको थियो भने दुई दिन घटेर बन्द भएको छ। आइतबार ७.२२ अंकले घटेको नेप्से सोमबार ६.६७ अंकले बढेको थियो । मंगलबार ०.३९ अंकले घटेको सूचक बुधबार फेरि २.२९ अंकले बढेको थियो । साताको अन्तिम दिन विहीबार सूचक १.४८ अंकले उकालो लागेको हो । 

काराेबार ७ करोड ४६ लाख रुपैयाँले सुधारियाे

यस साता कारोबार रकममा पनि सुधार आएको छ। गत हप्ताको तुलनामा यस हप्ता नेप्से परिसूचक बढेसँगै कारोबार रकम ४.६२ प्रतिशत अर्थात ७ करोड ४६ लाख रुपैयाँले सुधारिएको हो । यस साता स्टकमा एक अर्ब ६९ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका छन् । गत हप्ता एक अर्ब ६१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

समूहगत परिसूचककाे काराेबार यस्ताे देखियाे उतार-चढाव

गत हप्ताको तुलनामा यो हप्ता म्युचुअल फण्डको इकाईको कारोबार २१८ प्रतिशतले बढेको छ । संस्थापक शेयर बिक्री शतप्रतिशत बढ्दा वाणिज्य बैंकको शेयर कारोबार पनि ४९ प्रतिशतले बढेको छ । व्यापार समूहको कारोबार पनि ८० प्रतिशत बढ्यो । बाँकी समूहको कारोबार घटेको छ ।

यस हस्ता गत हप्ताको तुलनामा उत्पादन तथा प्रशोधन समूहको कारोबार ५८ प्रतिशतले घटेको छ । जीवन बीमा ५२, फाइनान्स ४९, विकास बैंक ३३, लघुवित्त , होटल २६ जलविद्युत २५ र निर्जीबन बीमा कम्पनीको शेयर कारोबार रकम १७ प्रतिशतले गिरावट आएको छ ।

गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण ०.२७ प्रतिशतले बढेको छ । गत साता १४ खर्ब ८ अर्ब १४ करोड रहेको बजार पूँजीकरण १४ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँमा बढेको हो ।

 

काराेबारमा वाणिज्य बैंककाे वर्चश्व  कायमै, नेपाल बैंकको उच्च काराेबार

यसैगरि नेपाल बैंकको यस साता उच्च कारोबार भएको छ । बैंकको ११ लाख २९ हजार कित्ता शेयर ३४ करोड ६३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । त्यस्तै दोस्रो ठूलो कारोबार भएको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको ८ करोड ८ लाख २० हजारको कारोबार भएको छ ।

त्यसैगरि प्रभु बैंक ७ करोड १० लाख, नेपाल लाईफ ६ करोड ३ लाख २० हजार, छिमेक लघुवित्तको संस्थापक शेयर ५ करोड ८६ लाख, बैंक अफ काठमाण्डू पाँच करोड ६० हजार, एनआईसी एशिया बैंक चार करोड ८१ लाख ७० हजार, नागरिक लगानी कोष चार करोड ६० लाख ९० हजार, छिमेक लघुवित्तको साधारण शेयर चार करोड १८ लाख ५० हजार र दशौं ठूलो कारोबार भएको प्रिमियर इन्स्योरेन्सको तीन करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा छ । बैंकको ११ लाख २९ हजार कित्ता शेयर कारोबार भए । त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको ५ लाख २३ हजार, एनआइबिएल समृद्धि फण्ड १ को ४ लाख १८ इकाई, नेपाल क्रेडिट एण्ड कर्मस बैंकको ३ लाख ७० हजार , प्रभु बैंकको २ लाख ९२ हजार, नेशनल हाइड्रोपावरको एक लाख ९१हजार, बैंक अफ काठमाडौँ एक लाख ५१ हजार, एनआइसी एशिया बैंकको एक लाख २५ हजार, कुमारी बैंकको एक लाख १६ हजार कित्ता र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को एक १६ हजार इकाई खरीद बिक्री भए ।

यस्ताे छ बजार पूँजीरणकाे स्थिति

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् ।

सबैभन्दा धेरै बजार पूँजीकरण रहेको नेपाल टेलिकमको बजार पूँजीकरण एक खर्ब ९ अर्ब ८० करोड रहेको छ भने दशौं ठूलो पूँजीकरण रहेको एनएमबी बैंकको ३१ अर्ब २५ करोड ९० लाख रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।