प्राइमसँग मिसिनुअघि ओम डेभलपमेन्ट बैंकले बाँड्ने भयो बोनस

Jan 13, 2019 Merolagani

प्राइम कमर्सियल बैंकसँग प्राप्ती हुन तयार भएको ओम डेभलपमेन्ट बैंक (ODBL) ले आफ्ना शेयरधनीलाई बोनस बाँड्ने भएको छ। पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५९ औं बैठकले १२.७० प्रतिशत बोनस  वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ । अघिल्लाे वर्ष बैंकले शेयरधनीलाइ १७.६९ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

राष्ट्र बैंकले प्राइमलाई एक्विजिसनका लागि सैद्धान्तिक सहमति पनि दिइसकेको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।