सहारा विकास बैंकको सूचीकरण स्थगन फुकुवा

Jan 13, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सहारा विकास बैंकको पुस २९ गते सूचीकरण स्थगन फुकुवा गरेको छ। नेप्सेले धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचनाहरु निर्णय हुनासाथ पठाउनुपर्नेमा बैंकले त्यसो नगरेको भन्दै पुस २४ गते सोमबारदेखि धितोपत्र सूचीकरण स्थगन गरेको थियो ।

नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ४८ को उपदफा १ बमोजिम निर्देशन जारी गर्दै अब उप्रान्त नियम, विनियम, तथा प्रचलित कानूनी व्यवस्थाहरुमा तोकिए बमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन सचेत गराउँदै कारोबार खुला गरेको हो ।

नेप्सेले सहारा विकास बैंकले घोषणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएकाले सूचीकरण स्थगन गर्दै पुस २३ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । देव विकास बैंकसँग मर्जर हुन लागेको यस बैंकको शेयर कारोबार भने यस अघि नै मर्जरका कारण रोक्का रहेको थियो ।

नेप्सेले सहारा विकास बैंकसँग २४ घण्टे स्पष्टीकरण पनि मागेको पत्रमा सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश वितरण गरिने आर्थिक वर्ष, दाखिला खारेज मिति, अनुपात र शेयर शेयर कित्ता स्पष्ट नभएको, कुन मितिसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्ने स्पष्ट नभएको तथा निर्णय तत्काल वा भोलिपल्ट कारोबार सुरु हुनुभन्दा अगाडि नेप्सेलाई जानकारी दिनुपर्नेमा बैंकले ढिला उपलब्ध गराएको उल्लेख गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।