आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आईपिओ आउने, बोर्डले दियो अनुमति

Jan 13, 2019 Merolagani

आशा लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपिओ निश्काशन गर्न पुस २९ गते बोर्डबाट अनुमति पाएको हो ।

लघुवित्तले आइपिओ निष्काशन गर्ने अनुमति माग्दै गत भदौ १७ धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।

लघुवित्तले निष्काशन गर्न लागेको आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यस अघि नै नियुत्त गरीसकेको छ ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।