सिभिल लघुवित्तको लाभांश र हकप्रद प्रस्ताव पारित

Jan 14, 2019 Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३.८९४ प्रतिशत नगद लाभांश तथा बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्स्ताव पारित गरेको छ ।

संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे सभापतित्वसम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशतले बोनस शेयर र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्स्ताव पारित गरेको हो । 

यसैगरि बोनस शेयर जारी पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर तथा प्राप्ति सम्वन्धी कार्यको लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहिरहेको कर्जा रकम ६७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने निकट भविष्यमा थप स्थानहरूमा आफ्ना सेवाहरू विस्तार गर्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।