घरमै बसेर सिभिल बैंकमा अनलाईन एकाउण्ट खोल्दा १०० ब्यालेन्स फ्रि पाइने, अन्य यस्ता सुविधा पनि

Jan 14, 2019 Merolagani

सिभिल बैंक लिमिटेड (CBL) ले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन एकाउन्टको सुरुवात गरेको छ। जसमा एक सय रुपैयाँ फ्रि ब्यालेन्स पाइनुका साथै पाँच लाखसम्मको दुर्घटना बीमाका सार्थ अन्य थुप्रै सुविधा पाइने बैंकले जनाएको छ ।

यो सुविधा बैंकको स्मार्ट बेवसाइट डब्लुडब्लु डट सिभिल बैंक डट कम डट एनपि तथा “को बन्छ करोडपति” (KBC) को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ ।

जसमा ग्राहक महानुभावहरुले आफ्नो ब्यक्तिगत विवरण उल्लेख गरेपश्चात एउटा युनिक कोड उपलब्ध हुनेछ , जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो युनिक कोर्ड प्रमाणिकरण (verify) गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले एक सय रुपैयाँ ब्यालेन्स उपलब्ध गराउने जनाएको छ ।

साथै यस खाताका अन्य बिशेसताहरुमास् एक बर्षका लागी निशुल्क डेबिट कार्ड र इन्टरनेट बैंकिङ्ग सुविधा, दुई बर्षका लागी निशुल्क मोवाइल बैंकिङ्ग सुविधा, निशुल्क चेक बुक र पाँच लाख रुपैयाँसम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा रहेका छन् ।

हालसम्म सिभिल बैंकको कुल शाखा संख्या ७१ पुगेको बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।