तारागाउँ र साल्ट ट्रेडिङ्गको सूचीकरण स्थगन, २४ घण्टे स्पष्टिकरण माग

Jan 15, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले तारागाउँ रिजेन्सी होटल र साल्ट टेडिङ्ग कर्पोरेशनको धितोपत्र सूचीकरण स्थगन गरेको छ। धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचना समयमाा नै उपलब्ध नगराएको भन्दै दुबै कम्पनीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न नेप्सेले सोमबार निर्देशन दिएको छ ।

नेप्सेले दुबै कम्पनीहरूले धितोपत्रको बजारमूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा नेप्से र सम्बन्धित कम्पनीबीच भएको सूचीकरण सम्झौता अनुसार नचलेर नियम विपरितको कार्य गरेको देखिएको भन्दै २४ घण्टा भित्र जवाफ पठाउन पत्राचार गरेको हाे ।

दुबै कम्पनीले सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेर लामो समयसम्म सार्वजनिक जानकारीमा ल्याएका थिएनन् । साल्ट टेडिङ्ग कर्पोरेशनले पुस २९ गते वार्षिक प्रतिवेदनमा मात्र उल्लेख गरेको र तारागाउँ रिजेन्सी होटलले पुस २४ गतेको निर्णय ३० गतेमात्र नेप्सेमा जानकारी पठाएपछि नेप्से कारवाहीमा उत्रिएकाे हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।