गुराँस लाईफले प्रस्ताव गर्यो बोनस, कति पुग्छ चुक्ता पूँजी ?

Jan 15, 2019 Merolagani

गुराँस लाईफ इन्स्यारेन्स कम्पनीले  बोनस प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ३० गते सम्पन्न १४९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर इन्स्यारेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

 

इन्स्यारेन्सले आर्थिक वर्ष २०७२/७३ मा पनि ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रस्तावित चार करोड ७५ लाख २० हजार रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले तोकेको २ अर्ब पूँजी कायम गर्न कम्पनीले ६० प्रतिशत बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदपछि ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी हो।

यस अवधिमा इन्स्योरेन्सले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १६ रूपैयाँ ४२ पैसा कायम गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २२ लाख ७६ हजार रुपैयाँले कम्पनीको नाफा घटेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।