नेपाल एसबिआई बैंकको लाभांश पारित, चुक्ता पूँजी आठ अर्ब ४४ करोड रूपैयाँ पुग्ने

Jan 15, 2019 Merolagani

नेपाल एसबिआई बैंक(SBI) को सोमबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले १५.७९ प्रतिशत लाभांश पारित गरेको छ। साधारण सभामा बैंकले ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पारित भएको छ । 

आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि अनुमोदन गरेको छ। यस्तै साधारण सभाले बैंकको प्रबन्धपत्र तथा विनियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग’ को आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ७६ करोड १७ लाख रूपैयाँ सञ्चालन मुनाफा र २ अर्ब २ करोड ३५ लाख खुद नाफा कमाएको छ ।

चुक्ता पुँजी ८ अर्ब ४ करोड रूपैयाँ रहेको बैंकको बोनसपछि चुक्ता पूँजी ८ अर्ब ४४ करोड रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।