रिलायन्स लाइफद्वारा रिलायन्स मुद्धती निक्षेप सुरक्षा योजना सार्वजनिक

Jan 15, 2019 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले रिलायन्स मुद्धती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ । बैंकको मुद्धती निक्षेप जस्तै यस योजनामा नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानी, दोब्बर रक्षावरण, र बीमा अवधिभर बीमाङ्कको वार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने सुविधाहरु छन् ।

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने र अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलिले बताए ।

बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने वित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना लिएर आएको जनाएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरघरानाद्वारा प्रर्वद्धित कम्पनी हो । जसले हाल ६८ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।