साल्ट ट्रेडिङ्गको लाभांश स्थिर, चुक्ता पूँजी १५ करोड ३४ लाख पुग्ने

Jan 15, 2019 Merolagani

साल्ट्र ट्रेडिङ्ग कर्पोरेन्स (STC) ले ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस कर्पोरेशको ५२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७३.७४ मा पनि कम्पनीले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसअघि भने कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बाँडेको थियो ।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार ७५० रूपैयाँ पुग्नेछ ।

साल्ट टेड्रिङ्गमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । कम्पनीको शेयर पुस ३० गते नेप्सेमा प्रतिकित्ता ४७८ रुपैयाँमा कारोबार भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशको सूचना ढिलो गरि उपलब्ध गराएपछि नेप्सेले पुस ३० गते धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

तारागाउँ र साल्ट ट्रेडिङ्गको सूचीकरण स्थगन, २४ घण्टे स्पष्टिकरण माग

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।