नेपाल बङ्गलादेश बैंकको सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना

Jan 15, 2019 Merolagani

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ को लागि मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश ३ को लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश ४ गण्डकी प्रदेशको लागि कास्की जिल्लाको पोखरा, प्रदेश ५ को लागि बाँके जिल्लाको नेपालगञ्ज, प्रदेश ६ कर्णाली प्रदेशको लागि सुर्खेतमा र प्रदेश ७ को लागि कैलाली जिल्लाको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरि प्रादेशिक प्रमुखहरु पनि तोकिएको जनाएको छ ।

स्थापना गरिएका प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतका शाखा कार्यालयहरुको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने, शाखा कार्यालयहरुलाई सहजीकरण गर्ने, जोखिम ब्यवस्थापन, ब्यवसाय विस्तारमा सहयोग गर्ने, सेवा सुधार गराउने, गुनासो सुनवाई लगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकिएको पनि जनाएको छ ।

बैंकको देशभर हाल ८१ वटा शाखा कार्यालयहरु रहेका छन । बैंकले हाल ५२ अर्ब निक्षेप परिचालन गरि ४९ अर्ब कर्जा प्रवाह गरेको छ । साथै बैकको ६३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।